प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा एकराज र सचिवमा गोपिलाल
प्रकासित मिति : २०७९ भाद्र ३१, शुक्रबार २२:१९
प्रकासित समय : २२:१९
कोहलपुर, प्रजातन्त्रवादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पसको अध्यक्षमा एकराज शर्मा चयन भएका छन् । केही महिना अगाडी स्थगित भएको प्रजातन्त्रवादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको एकाई कार्यसमितिको भेला शुक्रवार सम्पन्न भएको हो ।टेकेन्द्र कुमार महतराको अध्क्षयतामा भएको भेलाले बागेश्वरी बहुमुखी क्याम्पसम प्राध्यापनरत एकराज शर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उक्त भेलाले सचिवमा गोपिलाल शर्मा, सदस्यमा मीन बहादुर केसी, गणेश पौडेल र बाल कुमार शर्मालाई चयन गरेको सचिव गोपिलाल शर्मा जानकारी दिए ।
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको चौथो अधिवेशन केही समयका लागी भएर स्थगित भएको थियो । आज बसेको प्रजातन्त्रवादी प्राध्यापक संघको भेलाले नयाँ कार्यसमितिलाई पुर्णता दिएको हो ।