नेपालगन्जमा नागरिकता विधेयक विषयक अन्तरक्रिया हुदैँ

नेपालगन्ज, बाँकेको नेपालगन्जमा राष्ट्रघाती नागरिकता विधेयक विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नागरिकता विधेयकको बिरुद्ध संघर्ष गरिरहेको मोहन वैध्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेकपा (बहुमत) लगायतका राजनीति दल तथा मोर्चाहरुले शुक्रवार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गर्ने भएका हुन ।नेकपा (क्रान्तिकारी) माओवादी, नेकपा (बहुमत), सहित नेकपा (मसाल), विशेष महादिवेशन आयोजक समिती, नेपाल कम्युनिस्ट पार्टी र संयुक्त क्रान्तिकारी मोर्चाले नेपालगन्ज उद्योग बाणिज्य संघको सभाहलमा भदौ ३१ गते शुक्रवार दिउँसो १२ बजे देखि अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक विश्लेषक, बुद्धिजीवी, नागरिक मंच, राजनीतिकर्मी, पत्रकार लगाएतको उपस्थिती हुने आयोजक समितिले जनाएको छ ।