बागेश्वरी बहुमुखी क्याम्पस प्राध्यापक संघमा चन्द

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर एकाई समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत रूपमा अंग्रेजी विषयका उपप्राध्यापक एवम् मोटिभेटर राज कुमार चन्द सभापतिमा निर्विरोध निर्वाचित भएका छ्न ।साथै उपसभापतिमा मीन बहादुर केसि, सचिवमा खोपीराम वलि, कोषाध्यक्षमा जयकृष्ण न्यौपाने, सदस्यहरुमा उपप्राध्यापक टेकेन्द्र कुमार महतरा, अनुप शाही, प्रमोद सुवेदी, राजेश थापा र विनोद अधिकारी निर्विरोध निर्वाचित भएका छ्न ।

त्यस्तैँ केन्द्रिय अधिवेशनको लागी भने प्रतिनिधी ध्रुव कुमार अधिकारी, पुस्करनाथ रिजाल र टेकेन्द्र कुमार महतरा निर्विरोध निर्वाचित भएका छ्न ।

उदघाटन सत्र कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम् क्याम्पस प्रमुख दान बहादुर हमालले प्राध्यापक संघ ऐतिहासिक भएकोले क्याम्पसको समग्र विकासका लाग्न अनुरोध गरे । क्याम्पसको वृहत्तर विकासको लागि प्रशासनसंग हाते मालो गर्दै काम गर्ने खालको कार्यसमिति ल्याउन सम्पूर्ण प्राध्यापकहरु लाई निर्देशन दिए । साथै क्याम्पस देखापरेका हरेक समस्यामा सवै प्राध्यापकले विशेष ध्यान दिएर अपनत्व लिएर काम गर्नु पर्नेमा अब प्राध्यापक संघले पनि सोही अपनत्व लिएर काम गर्नेमा आफू विश्वास लिएको जानकारी गराए ।

कार्यक्रममा उपप्राध्यापक टेकेन्द्र कुमार महतरा, जय कृष्ण न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य प्रमोद सुवेदीले राखेका थिए । कार्यक्रममा पुर्व क्याम्पस प्रमुख सहप्राध्यापक खगराज पन्त, रमेशचन्द्र अधिकारी, ध्रुव कुमार अधिकार तथा पुर्व सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारी, पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्मा, अनुप शाही, लगायत सम्पूर्ण प्राध्यापकको उपस्थित रहेको थियो ।

बन्द सत्रमा निर्वाचन मन्डलका संयोजक खगराज पन्तले सौहाद्र रूपमा अधिवेशन सम्पन्न गराउने सम्पूर्ण प्राध्यापक एवम् संघ संघठनलाई धन्यवाद दिएका थिए । निर्वाचन मण्डलमा कृष्ण प्रसाद अधिकारी र जीवन सिंह राठौर रहेका थिए । कार्यक्रमको अध्यक्षता मध्यपश्चिम विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समितिका सदस्य एवम् प्रतिनिधि ज्ञानेन्द्र शाहीको सभापतित्वमा सप्पन्न कार्यक्रमको सन्चालन खोपिराम वलिले गरेको प्राध्यापक एकराज शर्माले जानकारी दिनुभयो ।