नगरस्तरिय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न

कोहलपुर, कोहलपुरमा नगरस्तरिय सामुहिक नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उतरदायी सरकार’ भन्ने मुल नाराका साथ कोहलपुर नगरस्तरिय युबा संजाल र बाल क्लब संजाल द्वारा आयोजित बाल दिवसको अवसरमा नगरस्तरिय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगितामा १७ वटा विद्यालयहरु बाट प्रतिस्पर्धीले भाग लिएका थिए । जसबाट प्रथममा, कोहलपुर लिटल एन्जल , दृतियमा ग्रीन पिस सेकन्डरी स्कुल, तृतीयमा गोरखा युनाईटेड पब्लिक स्कुल, सान्त्वनामा कोहलपुर बागेश्वरी ईङ्ग्लिस स्कुल र अनुशासनमा फुलबारी स्टार एकेडेमी विजेता घोषणा भएका छन । साथै निर्णायक मन्डलमा निर्णायक संयोजक बागिना कला केन्द्रका अध्यक्ष गणेश बिष्ट, सदस्यमा नवीन सिंजाली मगर र घटना शाहले निर्णायकको भुमिकामा रहनुभयो ।विजेताहरुलाई कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल र सामाजिक विकास शाखा संयोजक ईश्वरी बिकले नगद सहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।कार्यक्रममा प्रथमलाई ३००० र सम्मान पत्र, दृतियलाई २००० र सम्मान पत्र, तृतियलाई १५०० र सम्मान पत्र र सान्तोनालाई ५०० र सम्मान पत्र वितरण गरिएको युवा संजालका अध्यक्ष रमेश ओडले कुशे न्युजलाई जानकारी दिएका छन ।