बागेश्वरी क्याम्पसमा प्रागिक विद्यार्थी परिषद गठन
कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय वहुमुखी क्याम्पस कोहलपुरमा आयोजित प्राज्ञिक विद्यार्थी परिषदको एक दिवसीय अभ्यास वर्गमा आतिथ्यता सहित क्याम्पस स्तरीय कमिटी गठन गरेको छ । क्याम्पस ईकाइ कमिटी गठन कार्यक्रम बोल्दै वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर प्राध्यापक एवम् प्राज्ञिक विद्यार्थी परिषद वागेश्वरी क्याम्पसका संयोजक एकराज शर्माले हरेक नागरिकहरु असल, सभ्य, अनुशाशीत हुनुपर्ने कुरामा जोड दिए ।मानिसमा ज्ञान, सिल र एकता अनिवार्य हुनुपर्ने कुरा वताउदै जसको कारण रास्ट्रप्रतिको जिम्मेवारी थप हुने कुरामा जोड दिए । आज नेपाल आमा र नेपाल रास्ट्रले त्यो खालको प्राज्ञिक थलो खोजेको जिकिर गरे । देश रहे हामी र हाम्रो अस्तित्व रहने भएकोले देशलाई भ्रष्टाचारमुक्त बनाउनु, देशको माया गर्ने र देश समर्पणमा लाग्न आग्रह गरे । उनले भने आज कता कता नेपाल आमा रोईरहेकोले त्यो वातावरणबाट मुक्त गराई हरेक नेपालीले आआफ्नो जिम्मेवारी बहन गरेर नेपाल आमाको आँसु पुछ्नु आवश्यक रहेको तर्क गरे ।
प्राज्ञिक विद्यार्थी परिषदमा लागेर काम गर्दा हरेकमा नेतृत्व गर्ने, तर्क गर्ने, बहस गर्न सक्ने र नडराई काम गर्ने खालको व्यक्तिगत विकास हुने, समाजमा सजिलै स्थापित हुने वातावरण तयार हुने भएकोले सबै प्राज्ञिक व्यक्तिको थलोबाट् सिकाइ हुने भएकोले सबैलाई शुभकामना दिएका थिए । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषदका केन्द्रिय सचिव बाबुराम मरासिनिले परिषदको नीति विधि, संगठन र यसको उदेश्यमा प्रकास पारेका थिए ।
कार्यक्रमका संयोजक एकराज शर्माले व्यानर पढेर उदघाटन गरेका थिए । परिषदका केन्द्रिय सदस्य भिम रोकायले परिषदमा लाग्दा व्यक्तिमा हुने क्षमता विकासको चर्चा गर्दै एक घन्टा प्रशिक्षण दिएका थिए । परिषदका निवर्तमान केन्द्रिय सचिव प्रकाश शर्माले कार्यक्रमको बारेमा ध्यानाकर्षण गराउदै क्याम्पस र कोहलपुर नगर कमिटी गठनको प्रक्रिया वताएका थिए । उक्त कार्यक्रम मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी क्याम्पस इकाई कमिटी समेत गठन गरिएको छ । जसमा संयोजक नवराज वि.क., सह-संयोजक संगिता रोकाय, सचिव मानसरा कुमारी शर्मा, सह-सचिव सुजिता क्षेत्री र कोषाध्यक्ष प्रर्मिला चौधरी भएका छ्न । बांकी थप ३ जना पहिलो वैठक्बा थप हुने गरि आठजनाको कमिटि गठन गरिएको प्राध्यापक शर्माले जानकारी दिए । उक्त कार्यक्रममा कोहलपुरमा रहेका ४ वटा क्याम्पसमा अध्यनरत विद्यार्थीको सहभागिता रहेको थियो ।