बेलायतकी महारानीको ९६ वर्षको उमेरमा निधन
प्रकासित मिति : २०७९ भाद्र २३, बिहीबार २३:५५
प्रकासित समय : २३:५५
काठमाडौँ, बेलायतकी ९६ वर्षिया महारानी एलिजाबेथ द्वितीयको आज निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या आएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय उनकाे अधिकांश समय बालमोरल दरबारमा बित्ने गरेको थियाे ।
बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी दुईपटक नेपालकाे राजकीय भ्रमण गरेकी थिइन् ।