विप्लव नेकपा सल्यानको सेक्रेटरीमा चन्द

दाङ्ग, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानको जिल्ला सेक्रेटरीमा मदन चन्द चयन भएका छन् ।

सल्यानको श्रीनगरमा बिहीबार सम्पन्न छैठौँ जिल्ला सम्मेलनले चन्दको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । उनी पुर्व विद्यार्थी नेता समेत हुन् ।

निवर्तमान जिल्ला सेक्रेटरी नारायण चन्दको अध्यक्षतामा भएको सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य बल बहादुर वली ‘सितल’ को प्रमुख आतिथ्यता रहेको थियोे । सम्मेलनमा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेल लगायत विभिन्न जनवर्गीय मोर्चाका नेताहरु लगायतको उपस्थिति रहेको थियोे ।