सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता हुदैँ
प्रकासित मिति : २०७९ भाद्र २३, बिहीबार १०:४९
प्रकासित समय : १०:४९
एजेन्सि, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को हप्ता उज्वेकिस्तानमा भेट हुने भएको छ । रुसी सरकारी समाचार एजेन्सी ताससँगको कुराकानीमा बेइजिङका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले बुधबार यो जानकारी दिएका हुन् ।
डेनिसोभका अनुसार आगामी साता सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनम भाग लिन जाँदा दुई नेताको भेट हुनेछ । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा हुने पुटिन र सीको भेट युक्रेनमा रुसी आक्रमण शुरु भएपछिको पहिलो प्रत्यक्ष भेटघाट हुनेछ ।
साथै सीको उज्बेकिस्तान भ्रमण कोरोनाभाइरस महामारी शुरु भएपछि सीको पहिलो विदेश यात्रा पनि हुनेछ । एससीओ शिखर सम्मेलन सेप्टेम्बर १५ र १६ सम्म समरकन्दमा हुनेछ ।

