बारेकोटका युवा पुनको पहलमा एकल महिलालाई ३६ हजार सहयोग
प्रकासित मिति : २०७९ भाद्र २२, बुधबार १९:३८
प्रकासित समय : १९:३८
जाजरकोट, बारेकोटका युवा समाजसेवी पुनद्वारा पहिरो पिडित एकल महिलालाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।बारेकोट गाउँपालिका वडा नं १ की पहिरो पिडित एकल महिला ललिता पुनलाई युवा समाजसेवी सुरेन्द्र पुनद्वारा नगत रकम ३६ हजार २ सय २५ रुपैया सहयोग हस्तान्तरण गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरी, वडा अध्यक्ष ऐन बहादुर गिरी लगायतका जनप्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दैँ गाउँपालिका अध्यक्ष गिरिले पहिरोले पुर्ण रुपमा क्षती पुर्याएको घर बनाई दिने बताएका छन ।
आफू जनप्रतिनिधि भएपछीका दिनमा बास्तबिक पिडितले पालिकाबाट सहयोग पाउने जानकारी समेत दिए । सो सहयोग रकम नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरुले पठाएको युवा समाजसेवी पुनले बताएका छन ।