निर्वाचनमा महिला सहभागीता बढाउन छलफल
नेपालगन्ज, निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता बढाउनको लागि नेपालगन्जमा आज छलफल गरिएको छ । फातिमा फाउन्डेसनको आयोजना तथा संकल्प र महिला गैरसरकारी संस्था महासंघको सहकार्यमा उक्त छलफल गरिएको हो ।मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा महिला सहभगिता बढाउनको लागि छलफल गरिएको छ। नेपालको संविधान २०७२ मा ब्यवस्था गरिएको सबैधानिक अधिकारलाई कार्यन्वयन गर्न विभिन्न राजनीतिक दलहरुमा आवद्ध महिला नेत्रीहरुले जोड दिएका छन् ।
उक्त छलफलमा नेपाली कांग्रेस बाँकेका पुर्व सभापती किरन कोईराला, नेकपा माओवादी केन्द्रका बिन्दा खरेल, नेपालगन्ज उपमहानगरपालिकाका पुर्व उप-प्रमुख उमा थापा मगर, राप्रपा नेपालकी आशा बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी बाँके सभापती लक्ष्मी ज्ञवाली,नेपालगन्ज उपमहानगरपालिका वडा न.२ का वडा सदस्य गिता राणा, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका द्वारिका अधिकारी, महिला अधिकारकर्मी कमला पन्त, निर्मला पौडेल, गैसस बाँके सचिव आशिष् बर्मा लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्तिथि रहेको फातिमा फाउन्डेसनका कोषाध्यक्ष सुबेदा फरहीनले बताउनु भयो। कार्यक्रम फातिमा फाउन्डेसनका अध्यक्ष मैमुना सिद्दिकीको सभापतित्वमा सम्पन्न भएको थियो भने चादनी दर्जीले सन्चालन गर्नुभएको थियो।