नेपालगन्ज उपमहानगरपालिका-४ को १ सय दिने प्रगति प्रतिवेदन सार्बजनिक
नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.४ द्धारा १ सय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ । स्तानिय तहको निर्वाचनबाट निर्वाचित भएर नयाँ जनप्रतिनिधि आए देखि हाल सम्म उपमहानगरपालिका वडा नं. ४ ले गरेको १ सय दिने प्रगति प्रतिवेदन सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको हो ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले शिक्षा, स्वास्थ्य, बृक्षारोपण, सरसफाई लगायतका बिबिध महत्त्वपूर्ण क्षेत्रमा गरिएको प्रगती बारे वडाध्यक्ष गोपाल पुनले जानकारी दिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा न.४ ले कन्या माबी, गौशिया माबीका लागि भर्ना अभियान, कन्या माबीमा कक्षा ११ कमर्स, शिक्षा संकायको अध्यन अध्यापन सुरु गरिएको साथै गौसियाँ माबीमा निम्न वर्गका सम्पुर्ण विद्यार्थीलाई स्कुल ड्रेसको ब्यवस्थापन लगाएतको शैक्षिक प्रगती गरिएको जानकारी दिए ।
त्यस्तै उनले स्वास्थ्य क्षेत्रमा बल्ड सुगर, मुटुरोग लगायतको बिरामीहरुको स्वस्थ परिक्षण तथा औषधि उपचार शिबिर सन्चालन तथा बालबालिकाको स्वास्थ्य परिक्षण शिबिर सन्चालन लगायत अन्य महामारी रोक्नको लागि अभियान सन्चालन गरिएको बताए ।
साथै वडा कार्यालयले नियमित रुपमा सरसफाई सन्चालन गर्दै आउनुका साथै अगामी दिनमा वडाको समुन्न्त बिकासका लागि नागरिक समाज तथा वडावासी संग सहकार्य गरेर अघाडी बढने योजना बनाएको बताए ।