शुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन
प्रकासित मिति : २०७९ भाद्र २०, सोमबार १८:२६
प्रकासित समय : १८:२६
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहाइ गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो ।
भिएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।

