विद्यार्थी नेतृ मल्ल जाजरकोटबाट प्रतिनिधि सभाका लागि सिफारिस
जाजरकोट, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जाजरकोटले विद्यार्थी नेतृ जानुका मल्ललाई प्रतिनिधि सभा सदस्यमा सिपारिस गरेको छ ।विद्यार्थी राजनीतिबाट सक्रिय राजनीति सुरु गरेकी मल्ल हाल अनेरास्ववियूको केन्द्रिय सचिवालय सदस्य र नेकपा (एकीकृत समाजवादी) जाजरकोट जिल्ला समिति सदस्य समेत हुन् । उनलाई बन्द सुचीबाट समानुपातिक तर्फको प्रतिनीधि सभा सदस्यका लागि पार्टीले सिफारिस गरेको छ ।
स्थानतक तह उत्तिण गरिसकेको नेतृ मल्लले विद्यार्थी राजनितीमा राम्रो छवि बनाएकी छन् ।
प्रतिनीधि सभा र प्रदेश सभाको जाजरकोटबाट निर्वाचन लड्ने उम्मेदवारहरुको नाम टुङ्गो लगाएको नेकपा (एस) जाजरकोट जिल्ला अध्यक्ष कमान बहादुर खड्काले जानकारी दिएका छन् ।
प्रदेश सभा (ख) को निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठक यही भदौ ९ गते सम्पन्न गरेको थियो भने, १० गते प्रदेश सभा (क) को निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न गरेको थियो । निर्वाचन क्षेत्रीय समन्वय समितिका बैठकबाट प्रस्तावित उम्मेदवारका नामलाई जिल्ला समिति र प्रदेश समितिको सिफारिसमा केन्द्रिय समितिले टिकट दिने प्रावधान रहेको अध्यक्ष खड्काले जानकारी दिए ।