नेपालगन्ज उपमहानगरपालिका- ११ ले गर्यो तिज मिलन कार्यक्रम
प्रकासित मिति : २०७९ भाद्र १०, शुक्रबार २१:४१
प्रकासित समय : २१:४१
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा न.११ ले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा वडा कार्यालयद्वारा तिज मिलन तथा दर खाने कार्यक्रम गरिएको हो ।
नेपालगन्ज नारायण उच्च माबीमा भएको उक्त कार्यक्रममा वडा न.११ का वडाध्यक्ष नन्द किशोर कश्यपको उपस्थिति रहेको थियो ।
वर्ष दिनमा आउने तिज नेपाली नारीहरुको लागी एकदमै महत्त्वपूर्ण रहेकोमा हामीले आफ्नो रिती संस्कृतिलाई जगेर्ना र महत्त्व दिनु एकदमै आवस्यक रहेको वडाध्यक्ष कश्यपले बताए ।
उक्त कार्यक्रममा वडा सदस्य पुनम लखेर, सविता वाल्मीकि, पुर्व वडा सदस्य माया कनोजिया, वडाका कर्मचारी तथा वडाका महिलाहरुको उपस्थिति रहेको थियो।

