अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको बैठक बस्दैँ
प्रकासित मिति : २०७९ भाद्र १०, शुक्रबार ११:३६
प्रकासित समय : ११:३६
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको बैठक आज देखि काठमाडौंमा बस्ने भएको छ ।विशेष राष्ट्रिय भेला पछिको केन्द्रीय समितीको तेस्रो पुर्ण बैठक आज शुक्रबार देखी काठमाडौंमा बस्न लागेको सङ्गठनका केन्द्रीय कार्यालय सचिब राजन साउँदले कुसे न्युजलाई जानकारी दिए ।
बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको र बैठकमा सहभागी हुँन देशैँभरबाट आएका विद्यार्थी नेताहरु काठमाडौं पुगिसकोले केही बेरमै बैठक सुरु हुने उनले पनि जानकारी दिए ।
अखिल (क्रान्तिकारी) केही अघाडी मात्र गरेको विशेष राष्ट्रिय भेलाले मिलन राईको नेतृत्वमा ९९ सदस्य केन्द्रीय समिती चयन गरेको थियो ।