ताइवान माथि अमेरिकी हर्कतको निन्दा
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पछिल्लो समयमा छिमेकी मुलुक चीन प्रति लक्षित गर्दै अमेरिकी साम्राज्यवादले ताइवानमा गरेको गतिविधिप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल र आफ्नो पार्टी सदैव एक चीन नीति प्रति प्रतिबद्ध रहेको भन्दै नेकपा (बहुमत) ले चीन र चिनियाँ जनतालाई असहज हुने साम्राज्यवादी गतिविधिप्रति आफ्नो पार्टीले विरोध र भत्र्सना गरिरहेको र भविष्यमा पनि गरिरहने बताएको छ ।
नेकपा (बहुमत) को अन्तर्राष्ट्रिय विभागका सचिव एलबी विश्वकर्माले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामीले विश्वमा स्थायी शान्तिका पक्षमा अविराम आवाज बुलन्द गर्दै आएका छौँ । संसारभरका जनतामाथि युद्ध थोपरेर आफ्नो वर्चस्व बचाइराख्ने अमेरिकी साम्राज्यवादी नीतिको निन्दा गर्दै एसियामा युद्ध भड्काउने योजनाको भत्र्सना गर्दछौँ । साथै छिमेकी मुलुकप्रति भएको गलत हर्कतमा मौनता साधेर साम्राज्यवादी छातामा ओत लाग्न खोज्ने सरकारी कदमप्रति खेद व्यक्त गर्दछौँ ।’
यस्तो छ विज्ञप्ति