युवा जनस्वयमसेवकले प्रधानमन्त्री देउवालाई बुझायो ३५ बुदे मागपत्र

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक संगठन युवा जनस्वयमसेवक, नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३५ बुँदे मागपत्र पेश गरेको छ ।

युवा जनस्वयमसेवक नेपालका केन्द्रिय अध्यक्ष हरिश भट्ट, उपाध्यक्ष, अभिनास, सचिवालय सदस्य एवं बाग्मती उपत्यका ब्युरो संयोजक बिबेक, सचिवालय सदस्य एवं सुर्खेत ईन्चार्ज बादल, सचिवालय सदस्य एवं ललितपुर ईन्चार्ज युकेन्द्र सहितको टोलिले सम्माननिय प्रधानमन्त्री श्री शेरबहादुर देउवालाई समसामयिक राष्ट्र, राष्ट्रियता र जनजीविका संग सम्बन्धित समस्याहरू समेटिएको ३५ बुदे मागपत्र पेश गरेको हो ।

देशमा व्याप्त भ्रष्टाचार, कमिसनतन्त्र, मिटरब्याज आतंक, घुसखोरी, दलाली, महिला हिंसा, जातका आधारमा भएका हिंसा नियन्त्रण,जनप्रतिनिधिहरूको तलबभत्ता सेवा सुबिधा आतंक लगायत विभिध विषयमा मागपत्र पेश गरिएको हो ।

प्रधानमन्त्री देउवा मागपत्रका सम्बन्धमा निकै सकरात्मक देखिएका थिए । प्रधानमन्त्रीले सम्भव भएका मागलाई यथासिघ्र चाँडो पुरा गर्ने र नीतिगत मागहरुलाई छलफल द्वारा टुंग्याउने प्रतिबद्धता जाहेर समेत गर्नुभयो । साथै युवा जनस्वयमसेवक, नेपालले पेश गरेको मिटरब्याजी बिरुद्द कानुनि कारवाही गर्ने सवालमा प्रधानमन्त्रीले आजभोलि भित्रै कारवाही गरिने बताएका थिए।

यस्ता छन् मागहरु