अखिल (क्रान्तिकारी) जाजरकोटद्धारा वक्तृत्वकला कार्यक्रम सम्पन्न

जाजरकोट, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी जाजरकोटले पुजिवादी शिक्षा प्रणालीले विद्यार्थीमा पारेको असर र समाधानका उपाय शिर्षकको वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ।जिल्लाको नलगाड नगरपालिका वडा ७ दल्लिमा बुधबार नगरस्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त वक्तित्वकला प्रतियोगिताको प्रथम स्थान एकता उपाध्याय, दृतिय पवन बिक, तृतीय सिर्जना सुनार र सान्त्वना सस्थान सरस्वती खत्रीले हासिल गरेका छन् ।

अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला संयोजक तिलक बिष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अथिती नेकपा (बहुमत) जाजरकोट जिल्ला संयोजक महान र अन्य अथितीहरुमा पार्टी जिल्ला सदस्य हिमाल, प्रसान्त, पदम लगायतका नेताहरुको समेत उपस्थित रहेको थियो।