उपाध्यक्ष गिरीद्वारा बारेकोटका पहिरो पिडितलाई राहत सामाग्री बितरण

जाजरकोट, अविरल बर्षाका कारण घर भत्किएर उच्च जोखिममा रहेका पिडितलाई उपाध्यक्ष गिरिद्वारा राहत सामाग्री बितरण गरिएको छ ।बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले स्थलगत निरिक्षण गरेर राहत सामाग्री बितरण गरेका हुन । गत साता परेको अबिरल बर्षाका कारण बारेकोट गाउँपालिका वडा नं २ का पदम नेपालीको घरमा ठूलो क्षति पुर्याएको थियो ।

उपाध्यक्ष गिरीले पिडित नेपालीकी श्रीमती पुजा राइलाई खाधन्न, ब्लाङकेट, त्रिपाल लगाएतका अत्यावश्यक सामाग्री हस्तान्तरण गरेका हुन ।

राहत सामाग्री बितरण कार्यक्रममा बारेकोट गाउँपालिकाकी पुर्व उपाध्यक्ष ओमा शाही,वडाध्यक्ष वीर बहादुर घर्तीको उपस्थिति समेत रहेको थियो । तत्कालको लागि सामान्य सामाग्री बितरण गरिएपनी आगामी दिनमा गाउँपालिका भित्रका सम्पुर्ण बाढी पिडितहरुलाई क्षतिपूर्तिको उपयुक्त प्याकेज ल्याउने समेत उपाध्यक्ष गिरीले जानकारी दिएका छन । अविरल बर्षाका कारण बारेकोट गाउँपालिका भित्र ठुलो क्षती पुर्याएको छ ।