पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झन्डै २३ घन्टापछि सञ्चालनमा
प्रकासित मिति : २०७९ श्रावण १८, बुधबार ०६:३७
प्रकासित समय : ०६:३७
काठमाडौँ, अविरल वर्षापछिको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झन्डै २३ घन्टापछि सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका– २९ केराबाारीस्थित मौरी खोला पुलनजिकै सोमबार राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएपछि मंगलबार रातिदेखि सडक सञ्चालनमा आएको छ । पहिरोका कारण सवारीसाधन नारायणगढ, भरतपुर र गैँडाकोट क्षेत्रमै रोकिएका थिए । यात्रुहरू सडकमै अलपत्र परेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार पहिरो पन्छाउने काम भइरहे पनि पहिरो खस्न नरोकिएपछि बाटो खुलाउन ढिलाइ भएको छ ।