यसकारण डाँको छाडेर रोए मेयर हर्क साम्पाङ
काठमाडौँ, सुनसरी धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ सार्वजानिक कार्यक्रम धुरुक्कै रोएका छन । देशकै निम्ति मर्न सकूँ भन्दै साम्पाङ डाँको छाडेर रोएका हुन् ।
शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका प्रमुख साम्पाङ सम्बोधन गर्ने क्रममा रोएको भिडियो सार्वजनिक भएपछि भाइरल भएको हो । भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत सम्झिँदै सम्बोधन गर्दा भावुक बनेर आँशु झारेका थिए ।
उनले भनेका थिए-
‘देशकै निम्ति मर्न सकूँ
देशकै लागि गर्न सकूँ
जे होस् मलाई खुसी लाग्छ
आज देश विदेशबाट भेट्न आउनु भएको छ
म एउटा सानो मान्छे हुँ
देश सोच्नुहोस्, देशकै लागि कर्म गर्नुहोस्
एक दिन मर्नुपर्दा पनि देशकै लागि मर्नुपर्छ भन्ने उत्प्रेरणा दिन चाहन्छु ।’
अन्त्यमा उनले प्रतियोगितालाई उत्प्रेरणा दिने ठाउँमा आफू भए पनि सामान्य मान्छेले धेरैको माया पाउँदा भावुक बनेको बताएका थिए । ‘सरी! म तपाईंहरूलाई प्रेरणा दिन आएको थिएँ तर आफैँ भावुक बने’ उनकाे प्रतिक्रिया थियाे ।