सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
बाँके, जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरेको छ । छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न साइकल हस्तान्तरण गरिएको हो । आइतबार आयोजित कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा वडा कार्यालय बेलहरीले एक समारोहबीच वडा परिसरमै छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख छब्बन खाँले वडा नम्बर ५ का छात्रालाई उच्च शिक्षासम्म पुग्ने शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका प्रमुख खाँले सम्बोधन गर्दै विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गरेको बताए ।
घर भन्दा टाडाको दुरीमा विद्यालय पर्ने कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई प्राथमिकतामा राखेर साइकल वितरण गरिएको हो । उक्त कार्यक्रमका सभापती समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले विद्यालय टाढा हुँदा भौतिक तथा समाजिक बाधाको कारण पढाई नै छाड्नुपर्ने अवस्थालाई ध्यानमा राखेर यो अभियान थालेको बताए । साथै उनले अध्ययनरत कक्षा ९ का छात्रालाई पहिचान गरी प्राथमिकतामा राखेर अभियान सुरु गरिएको बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष रामप्यारी यादव, जिल्ला समन्वय समिती सद्स्य जुल्फिकार मनिहार, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सद्स्य राजु यादव, परामर्शदाता सोहराब इद्रीसी, महिला वडा सदस्य कान्ति काँदु, निर्मला हरिजन, वडा सदस्य मोहम्मद सरिफ खाँ लगायतका नेता कार्यकर्ता लगायत करीब ५० जनाको सहभागिता रहेको थियो ।