नागरिकता विधेयक पारित गरिँदै
प्रकासित मिति : २०७९ श्रावण ६, शुक्रबार १३:५०
प्रकासित समय : १३:५०
काठमाडौँ, नागरिकता विधेयक संसदबाट आजै (६ साउन) पारित हुने भएको छ ।गठबन्धनका दलबीच विधेयक प्रतिनिधि सभाबाट आजै पारित गर्ने सहमति भएपछि नागरिकता विधेयक मात्र कार्यसूचीमा छ।
अहिले बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पहिलो संशोधनलाई पारित गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गरेका छन्।
नागरिक विधेयकमा गरिएका संशोधनका विषयमा अहिले सांसदहरूले धारणा राखिरहेका छन्।
सरकारले विधेयकलाई छिटो पारित गर्न चाहेको हो।