अखिल (क्रान्तिकारी) र युवा जनस्वयमसेवकले गर्यो रक्तदान
कास्की, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) र युवा जनस्वयमसेवक, नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।
पछिल्लो समय अस्पतालहरुमा भएको रगतको अभावलाई मध्यनजर गर्दैँ सङ्गठनहरुले कास्कीको पोखराका बुधबार सहिद इन्दिरा तिवारी स्मृतिमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।
उक्त रक्तदान कार्यक्रमका प्रमुख अथिती समेत रहेका पार्टीका नवौँ महादिवेशन आयोजक समिती सदस्य तथा कास्की, स्याङ्जा जिल्ला इन्चार्ज गोकुल पराजुली, अखिल (क्रान्तिकारी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कमल परियार, क्याम्पस जिल्ला इन्चार्ज उपेन्द्र परियार, युवा जनस्वयमसेवक केन्द्रीय सदस्य प्रमोद सिंह लगायत युवा विद्यार्थी र अन्य जबसका नेताहरुले समेत रक्तदान गरेका थिए ।
पोखराको पृथ्वीचोकमा भएको उक्त रक्तदान कार्यक्रममा २८ पोइन्ट रगत संकलन गरिएको थियो ।
सहिद इन्दिरा तिवारीको स्मृतिमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा सहिद इन्दिराको परिवारको तर्फबाट भाई तेजस्वी बराल, रेडक्रस कास्की तथा रक्त सञ्चार सेवाका वरिष्ठ प्राबिधिक महेन्द्र केसी, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष बिरेन्द्र पराजुली, नेकपा (क्रान्तिकारी माओवादी) का गण्डक सेक्रेटरी केशबहादुर परियार लगायतको उपस्थिति रहेको थियो ।
युवा जनस्वयंसेवक नेपाल केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयोजक लोकेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयोजक गगन परियारले सञ्चालन गरेका थिए ।