जेसिज सप्ताह कार्यक्रमको समुट्घाटन
कोहलपुर, कोहलपुर जेसिजले महिला सशक्तिकरण तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धि तालिम गरेको छ । मंगलबारबाट सुरु भएको जेसिज सप्ताह कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम समुट्घाटन गरि जेसिज सप्ताह सुरुवात गरिएको हो ।
कोहलपुर जेसिज र जुनियर जेसिजको संयुक्त आयोजनामा गरिएको तालिममा प्रमुख अतिथि कोहलपुर नगरपालिकाको उपमेयर संगीता सुबेदिले पानसमा दियो बालेर कार्यक्रमको समुट्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाको उपमेयर संगिता सुबेदीले कोहलपुर जेसिजले विगतबाट नै सामाजिक क्षेत्रमा धेरै कामहरू गर्दै आएको बताउनुभयो । उपमेयर सुबेदीले अबको दिनमा महिलाको नेतृत्व धेरै क्षेत्रमा हुनुपर्छ भनेर प्रोत्साहन गर्दै कोहलपुर नगरपालिकाले पनि महिलाको लागी सहज हुने किसिमको निती तथा कार्यक्रम बनाएको उपमेयर सुबेदीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कोहलपुर जेसिज वर्ष २०२२ का अध्यक्ष इश्वर शर्माले अबका दिनमा महिलाहरु सशक्तीकरण हुनुपर्ने कुरामा जोड दिएका छन । उनले भने घरेलु हिंसा न्यूनीकरण गर्नको लागी महिलाहरु सक्षम हुनुपर्ने र अबका दिनमा महिलाको नेतृत्व उच्च हुनेपर्ने बताए ।
उक्त तालिमलाई प्रशिक्षक उच्च अदालत बार एसोसिएसनका सह-सचिव तथा अधिवक्ता कुस्मा सुबेदीले महिला हिंसा , घरेलु हिंसा, महिला अधिकार, सम्बन्ध बिच्छेद, मानसिक यातना, महिलाको नेतृत्व र कानुनी व्यवस्था सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा १०० जनाले प्रशिक्षण लिएको कार्यक्रम संयोजक दिपेन्द्र कठायतले जानकारी दिए ।