नेपाल मुस्लिम बुद्धिजिबी समाजले बुझायो नेपालगन्ज उपमहानगरलाई ज्ञापनपत्र

नेपालगन्ज, नेपाल मुस्लिम बुद्धिजिबी समाजले नेपालगन्ज उप-महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छु । उपमहांगरपालिकाको चौतर्फी बिकास र नेपालगन्जबासीको हकहित र संरक्षणको बिषयमा केन्द्रित रही उप-महागरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो ।

नेपाल मुस्लिम बुद्दिजीवी समाजका संयोजक शक्ति कुमार बंस्कार (अब्दुल कवि), नेपाल मुस्लिम बुद्दिजीवी समाजकी केन्द्रीय सदस्य शाहिदा शाह, सामाजिक अभियन्ता साहिल अन्सारी, वाइसीएल नेपाल बाँकेका जिल्ला कमिटी सदस्य इरफान अली, पत्रकार असलम खान, स्व.विद्यार्थी यूनियनका प्रदेश कोषाध्यक्ष मो. सोएब अन्सारी, अधिकार कर्मी आदिल इराकी र मोहम्मद फैजको उपस्थितिमा नेपालगन्ज उपमहापालिकाका उपप्रमुख कमरुद्दीन राईलाई ज्ञापनपत्र बुझाइएको हो ।

नेपालगन्ज उपमहांगरपालिकामा रहेका गरीब तथा पिछडीएका बालबालिकाको लागी निशुल्क शिक्षा तथा स्वास्थ सुबिधा,महिला सुरक्षाको सुनिश्चितता, सुरक्षित तथा गुणस्तरीय खाद्य सामग्रीको उपलब्धता आदी बिषयमा आधारित भई नेपालगन्ज बासीको हकहितलाई ध्यानमा राखेर उपमहांगरपालिकाले तत्काल आवश्यक पहल गर्नु पर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझदै नेपालगन्ज उपमहांगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले ज्ञापन पत्रमा उल्लेखित बिषय वस्तु माथि पहल छिटो भन्दा छिटो आवश्यक पहल गर्ने प्रतिबद्दता समेत जनाएका छन ।

यस्तो छ ज्ञापनपत्र