युवा जनस्वयमसेवक बाँकेको बैठक सम्पन्न, संयोजकमा रामु चौधरी

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपाल जिल्ला समिती बाँकेको वैठक सम्पन्न भएको छ ।युवा जनस्वयमसेवक नेपालका केन्द्रिय सदस्य प्रकाश शर्माको अध्यक्षतामा आईतबार बसेको बैठकले रामु चौधरीको संयोजकत्वमा १९ सदस्य जिल्ला सम्मेलन आयोजक समिती चयन गरिएको हो ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बाँके जिल्ला इन्चार्ज अनन्त, संयोजक परिवर्तन, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिबालय सदस्य डिबि शाही, नेकपा (बहुमत) बाँकेका नेता प्रमोद, तिलक लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

बैठकले जिल्ला ब्यापि रुपमा लागू औषध दुव्यशनी बिरुद्धको संघर्ष सन्चालन, भु-माफिय, प्राकृति स्रोतको दोहन तथा नदिजन्य पदार्थको अबैध उत्खनन्न, राष्ट्रघात, जनघात र भ्रष्टचार विरुद्ध शसक्त अभियान सन्चालन गर्ने निर्णय गरेको नवनिर्वाचित संयोजक चौधरीले जानकारी दिए ।