अखिल (क्रान्तिकारी) बाँकेको संयोजकमा कमल बस्याल चयन
नेपालगन्ज, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समितीको बाँकेको संयोजकमा कमल बस्याल चयन भएका छन् ।
अखिल (क्रान्तिकारी) केन्द्रीय सचिबालय सदस्य डिबि शाहीको उपस्थितिमा शनिबार सम्पन्न सङ्गठनको विशेष बैठकले बस्यालको संयोजकत्वमा २९ सदस्य २७ औँ जिल्ला सम्मेलन आयोजक समिती चयन गरेको छ ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाँके जिल्ला इन्चार्ज अनन्त, संयोजक परिवर्तन केन्द्रीय अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य सुन्देवी शाही, युवा जनस्वयमसेवक, नेपालका केन्द्रीय सदस्य कमरेड प्रकाश शर्मा लगायतको विशेष उपस्थितिमा महत्त्वपूर्ण र दुरगामी निर्णय गर्दैँ सम्पन्न भएको सङ्गठनका नवनिर्वाचित संयोजक बस्यालले जानकारी दिए ।
उनले बाँके जिल्लाको शैक्षिक क्षेत्र भित्र देखिएका समस्या र त्यसको समाधानको लागि आफ्नो सङ्गठनले वैज्ञानिक योजना सहित जिल्ला व्यापिरुपमा शैक्षिक संघर्षलाई अघाडी बढाउने पनि जानकारी दिए ।

