अखिल (क्रान्तिकारी) काठमाण्डौँ विशेष वैठक सम्पन्न, संयोजकमा मिम ऐडी

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाण्डौंको संयोजकमा मिम ऐडी चयन भएका छन् । सङ्गठनको मङ्गलबार सम्पन्न काठमाडौं जिल्ला समितीको विशेष बैठकले ऐडीको संयोजकत्वमा ३५ सदस्य जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ ।उक्त वैठकले सबैखाले निरासा र क्रान्तिबिरोधी गतिबिधिलाई निस्तेज पार्दै भब्यतापुर्वक सम्पन्न भएको सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज गोबिन्द बिष्टले जानकारी दिए ।साथेै बैठकले देशैभर भैइरहेको पाठ्यपुस्तक अभाव, एसइइको रिजल्ट प्राकाशित नहुदै निजी स्कुलहरुले फ्रि रजिस्ट्रेशनका नाममा गरीराखेको भर्ना तत्काल रोक्न र निजि स्कुलको चर्को शुल्क असुली तथा सरकारी स्कुलहरुले बिभिन्न बहानामा असुल गरीरहेको शुल्क असुलिका बिरुद्द कडा सङ्घर्ष गर्ने निर्णय गरेको नवनिर्वाचित संयोजक मिम ऐडीले बताए । साथै उनले शैक्षिक दलाल र माफियाहरु सङ्गठनको निशानामा रहेको पनि बताए ।जिल्ला संयोजक मिम ऐडिको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथी सङ्गठनका पुर्व महासचिव तथा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज दिपेन्द्र चलाउने र बिशेष अतिथी सङ्गठनका अध्यक्ष मिलन राई रहेका थिए | जिल्ला पार्टी संयोजक अबिरल, सङगठनका उपाध्यक्ष बिरेन्द्र शाह, महासचिव रुपा बुढामगर, सचिव नवराज भट्ट, कोषाध्यक्ष दिपक बिष्ट, महाधिवेशन आयोजक समिती सदस्य भिम बटाला, युवा सङगठन, नेपालका महासचिव झलक बिक लगायतका अतिथिहरु सहभागी थिए ।विशेष बैठकमा सङ्गठनको ऐतिहासिक रास्टिय भेलाबाट नवनिर्वाचित केन्द्रीय अध्यक्ष मिलन राई , उपाध्यक्ष बिरेन्द्र शाह, महासचिव रुपा बुढामगर, सचिव नवराज भट्ट र कोषाध्यक्ष दिपक बिस्टलाई सम्मान सहित बधाई ज्ञापन गरीएको थियो | वैठकले नवनिर्वाचित नेतृत्वले बिध्यार्थी आन्दोलनको औचित्य माथि प्रस्न उठिरहेको तथा सबैखाले प्रतिक्रान्तिका बिरुद्द घनिभुत सङ्घर्ष चलाउनुपर्ने समयमा बिध्यार्थी आन्दोलनमा पुनर्जागरण ल्याउन र बिध्यार्थी आन्दोलनको अनुपम नेतृत्व गर्न सफल हुनुहुनेछ भन्ने विश्वास समेत लिएको छ ।