महान् विचारक आचार्य चाणक्यका अनमोल भनाईहरु

इ.पू. ३७१ मा पुरानो भारतबर्षको मगध राज्यमा जन्मेका चाणक्य अर्थशास्त्र, व्यवस्थापन, कुटनीति, राजनीतिशास्त्र र सुशासनका मूर्धन्य विद्वान थिए । उनलाई विष्णुगुप्ता र कौटिल्यको नामले पनि चिनिन्थ्यो । उनको ज्ञान, त्याग, दृढसंकल्प र राष्ट्रवादी छवि हामी सबैका निम्ति प्रेरणाको स्रोत बन्न सक्छ । दुई सहस्राब्दी भन्दा अघि लेखिएका उनका कृतिहरु आज पनि जिवन्त र प्रेरणादायी पाइन्छ ।

जो कोहीले पनि चाणक्यद्वारा लिखित अर्थशास्त्र र नितिशास्त्रको गहिरो अध्ययन गरेमा सुशासन, व्यवस्थापन र नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्नुपर्छ भन्ने कुराको अमूल्य ज्ञान पाउन सकिन्छ ।

आचार्य चाणक्यले भनेका छन्, –पानीलाई जतिसुकै तातो बनाएपनि केही समयपछि आफ्नो मूल स्वभावमा फर्किएर शीतल हुन्छ । यही प्रकार हामीमा जति क्रोध, भय, अशान्ति भएपनि यसलाई क्षणिक रुपमा मात्र लिनुपर्छ । हाम्रो मूल स्वभाव त हरबखत खुसी र प्रशन्न रहनु हो । जीवन र जगतका विषयमा यस्ता अनमोल भनाईहरु यहाँ समेटिएको छ, जो निकै मननयोग्य छन् ।

–हामीले कुनैपनि समयको प्रतिक्षा गर्नु उचित छैन । बरु हरेक समयलाई विशेष बनाउने प्रयास गर्नुपर्छ ।

–खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ ।

–भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्रो हो कर्मको तुफान पैदा गर । भाग्यको ढोका आफै खुल्छ ।

–पानीमा डुब्नसाथ कसैको मृत्यु हुँदैन । मृत्यु त तब हुन्छ जब पानीमा तैरन जान्दैनन् । परिस्थिति कहिलेपनि समस्या बन्दैन । समस्या त तब बन्छ, जब त्यसलाई सम्हाल्न सक्दैनन् ।

–त्यस व्यक्तिप्रति ध्यान नदेउ जो तिम्रो पीठ्युँ पछाडि कुरा गर्छ । यसको सोझो अर्थ हो तिमी उनीभन्दा दुई कदम अगाडि छौं ।

–संसारमा यदि एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम त कुनै खराब कुरा सोच्न बन्द गर ।

–पहिले मान्छेले सिकाएका थिए, समय बद्लिन्छ । अहिले समयले सिकायो कि, मान्छे पनि बद्लिन्छ ।

–अवसर र सूर्योदयमा एउटै समानता छ । ढिलो गर्नेलाई यसले पर्खदैन ।

–ऐना हो जिन्दगी । तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउँछ ।

–खुसी हुनुको अर्थ यो होइन कि तिम्रो सबैकुरा ठीक छ । यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सिक्यौं ।

–कसैलाई असहज स्थितिमा साथ देउ, हात देउ, हिम्मत देउ, आशा देउ । किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ । तर, तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ ।

–यदि तिमी कसैलाई अपमान गर्दैछौं भने तिमीले आफ्नो सम्मान गुमाउँदैछौ ।

–केही नयाँ काम गर्नका लागि तिमी महान हुन आवश्यक छैन । तर, महान हुनका लागि केही नयाँ काम गर्न जरुरी छ ।

–जो आफैमा खुसी हुन्छन्, उनीहरुको संसार पनि खुसी हुन्छ ।

–तिमीले आफ्नो भविष्य बदल्न सक्दैनौं तर प्रवृत्ति बदल्न सक्छौं । जब प्रवृत्ति बदल्छौं, भविष्य आफै बद्लिन्छ ।

–सबैभन्दा तिब्र उही हिँड्छ, जो एक्लै हुन्छ । तर, टाढासम्म उही पुग्छन्, जो सबैलाई साथमा लिएर हिँड्छन् ।

–क्रोधको बेला केही समय रोक्नुपर्छ । गल्तीको बेला केही झुक्नुपर्छ । संसारको सबै समस्या हल हुन्छ ।

–जिन्दगीलाई बुझ्न बहुत मुस्किल छ । कोही सपनाका खातिर आफन्तबाट टाढा हुन्छन् । कोही आफन्तका खातिर सपनाबाट टाढा रहन्छन् ।

–जसलाई जे भन्नुछ भन्न दिनुपर्छ, तिमीलाई के फरक पर्छ । यो समय–समयको कुरा हो, सबैको समय आउँछ ।

–सबैलाई त्यही तराजुमा तौलिनुपर्छ, जहाँ हामी आफुलाई तौलने गर्छौं । तब मान्छे त्यती खराब पनि हुँदैनन्, जति हामी सम्झने गर्छौं ।

–संसारमा सबैकुरा मिल्छ, तर आफ्नो गल्ती मिल्दैन ।

–खुसीबाट सन्तुष्ट मिल्छ, सन्तुष्टबाट पनि खुसी मिल्छ । तर, यसमा धेरै फरक के छ भने खुसीले थोरै समयका लागि सन्तुष्ट मिल्छ । जबकी सन्तुष्टिले सधैका लागि खुसी दिन्छ ।