फुटको संघारमा जनता समाजवादी पार्टी

काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज (मंगलबार) बस्दै छ । आज र भोलि काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो ।

जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले यही असार २९ र ३० गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका छन् । भट्टराई र यादवबीच अब अलग-अलग भएर राजनीतिलाई अघि बढाउने सहमति भइसकेको छ । यहीबीच उनीहरूले छुट्टाछुट्टै बैठक आह्वान गरेका छन् ।

यादव र भट्टराईबीचको असमझदारीका कारण जसपा फुटको संघारमा पुगेको छ । भट्टराई र यादवले बोलाएको वैठक नै फुटको औपचारिक कार्यक्रम बन्न पुग्ला कि भन्ने चासो राजनीति वृत्तमा देखिएको छ ।