आर्थिक बर्षको अन्त्यमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : युवा जनस्वयमसेवक बाँके

नेपालगन्ज, नेकपा (बहुमत) निकटको युवा सङ्गठन युवा जनस्वयमसेवक, नेपाल बाँकेले आर्थिक बर्षको अन्तत्य तिर जिल्लामा भ्रष्टचारको नाङ्गो रुप देखिएको बताएको छ ।युवा जनस्वयमसेवक बाँकेको तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला संयोजक प्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दैँ जिल्लामा आर्थिक बर्षको अन्त्यमा दलाल र भ्रष्टाचारको चरम र नाङ्गो रुप देखिन थालेको बताएका हुन् ।

उनले भौतिक बिकास निर्माणका कामहरु शक्ती र पहुचको भरमा संसदिय सत्ताशिन दलका कार्यकर्ता र तिनका आसेपासेले जिम्मा लिएका भौतिक निर्माणका कामहरु सम्पन्न नै नगरी र कतिपय सवालमा रातारात गुनस्तरहिन निर्माणका फेक बिल र कागजात पेश गरी सम्बन्धीत निकायको मिलोमतोमा हुन लागेका कयैन असारे भुक्तानिले करौडौ राज्यकोषको दुरुपयोग हुन् लागेको बताए ।

साथै दलाल, घुसखोरी र भ्रष्टचारी सङ्गठनको पहिलो निशाना भएको बताउदैँ उनले यस्ता खाले चरम नाङ्गो भ्रष्टाचार सङ्गठनलाइ सैह्य नहुने र असारे फेक कागजातको भरमा पहुचवालाहरुलाई गर्न लागिएको भुक्तानी रोक्न बाँके जिल्लाका सबै स्थानिय तह, भौतिक निर्माणका कार्यमा सँलग्न सरकारी कार्यालयहरुलाई हामी चेतावानी दिन समेत दिएका छन् ।

यस्ता सबै क्रियाकलाप सङ्गठन नजिकबाट नियालि रहेका मात्र नभई पहिचान समेत गरिसकिएको बताउँदैँ अटेर गरेर यस्ता गैरजिम्मेवारपुर्ण कार्य नरोकिए कडा प्रतिरोध कार्वाही गर्न बाध्य हुने समेत बताए ।

यस्तो छ विज्ञप्ति