अनुसन्धान लेखन अभिमुखीकरण कार्यक्रम सम्पन्न

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा शिक्षाशास्त्र संकाय र अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा एक दिने अनुसन्धान लेखन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

त्रि.वि. शिक्षाशास्त्र संकायका प्रा.डा. पेशल खनालले वागेश्वरी बहुमुखी क्याम्पस शिक्षाशास्त्र संवाद स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई अनुसन्धान प्रस्ताव र अनुसन्धान प्रतिवेदन लेखन सम्बन्धी प्रशिक्षण दिएका थिए । क्यापसमा प्राध्यापनरत प्राध्यापकहरुलाई विहानी शत्रमा अनुसन्धान आर्टिकल लेखन सम्बन्धी अभिमुखीकरण प्रदान गर्नु भएको थियो भने दिवासत्रमा स्नातकोत्तर तह चौथो सेमेस्टर शिक्षाशास्त्र संकायका विद्यार्थीलाई अभिमुखीकरण प्रदान गर्नु भएको थियो।

कोहलपुर नगर प्रमुख पूर्णप्रसाद‌ आचार्यको प्रमुख आतिधाता र क्याम्पस प्रमुख दानबहादुर हमालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विहानी सत्रको कार्यक्रम‌को नेपाली विषयक विभागीय प्रमुख खोपी राम वली र दिवा सत्रको स्वास्थ तथा शारीकिक र जनसंख्या शिक्षा विषयक विभागीय प्रमुख ज्ञानेन्द्र शाहीले कार्यक्रम‌को सहजीकरण गरेका थिए ।

क्याम्पसमा प्राध्यापनरत सम्पूर्ण प्राध्यापक स्नाकोत्तर तह चौथो सेमेस्टर अध्ययनरत विद्यार्थी गरी करिव १ सय जना सहभागी उक्त कार्यक्रमबार विद्यार्थीलाई प्रत्यक्ष लाभान्वित हुने गरी कार्यक्रम आयोजना गरेकोमा शिक्षाशात्र संकार्य र अनुसन्धान व्यास्थापन एकाइलाई धन्यवाद दिँदै प्रमुख दान बहादुर हमालले अहिलेको समय भनेको कोरा सैद्धात्तिक ज्ञानभन्दा पनि व्यावहारिक एवम् अनुसन्धानक मुलक हुनुपर्ने र यसको सुरुवात वागेश्वरी बहुमुखी क्याम्पसले गरेकोमा खुशी व्याक्त गर्नु भएको थियो । त्यस्तै प्रमुख अतिथि नगरपालिकामा मेयर पुर्ण प्रसाद आचार्यले बागेश्वरी बहुमुखी क्याम्पसको पूर्व विद्यार्थीको रुपमा अनुसन्धान जस्तो बौद्धिक कार्यक्रममा उपस्थिति हुन पाउँदा खुसी व्यक्त गर्दै क्याम्पसको विकासमा कटिबद्ध भएर लाग्ने र स्थानीय सरकारले बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई विभिन्न शिर्षकमा छात्रवृति प्रदान गर्ने नीति पारित गरेको कुरा बताउनु भएको थियो।