कर्णाली प्रदेशमा ३० प्रतिशत धान रोपाइँ सकियो

सुर्खेत, कर्णाली प्रदेशमा असार १५ गतेसम्म ३० प्रतिशत धान रोपाइँ सकिएको छ । मनसुन समयमा नै सक्रिय नहुँदा कर्णालीमा ३०  प्रतिशत धान रोपाइँ सकिएको हो । कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । खेती गरिने कुल जमिनमध्ये ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ ।

कुल रोपाइँ हुनेमध्ये १० हजार ८९२ हेक्टर क्षेत्रफल जमिनमा (३० प्रतिशत) धान रोपाइँ भएको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै जुम्लामा ९८ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम सुर्खेतमा जम्मा ७ प्रतिशत भएको छ । कालिकोटमा ६०, हुम्लामा ७२, मुगुमा ३४, सल्यानमा ३०, डोल्पामा ९६ प्रतिशत, दैलेखमा १५ प्रतिशत, जाजरकोटमा ३८ र रुकुम पश्चिममा ४० प्रतिशत धान रोपाई भएको छ ।