सामाजिक सञ्जालमा पार्टी परित्यागको अफवाह फैलाइयो : हस्त बिक
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौंका नेता हस्त कुमार बिकले आफुले पार्टी परित्याग गरेको भनी सामाजिक सञ्जालमा फैलाइएको अफवाह प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला संयोजक समेत रहेका बिकले शुक्रबार सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउदैँ केही पुर्ब विद्यार्थी नेताहरु सङ्गको राजनिक छलफल र बहस पछी खिचिएको फोटोलाई आधार मानेर पार्टी परित्याग गरेर विप्लव समुहमा प्रवेश गरेको भनी गरिएको नकारात्मक प्रचारप्रसारप्रति गम्भीर आपत्ती भएको बताएका हुन् ।
साथै उनिहरुले आफु नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को जिम्मेवारीमा नै रहेको जानकारी गराएका छन् ।
त्यस्तै क्याम्पस जिल्लाका नेता तथा पशुपति क्याम्पस इकाई संयोजक बज्जिर नेपालीले पनि आफ्नो सामाजिक सञ्जालबाट उक्त बिषयको खण्डन गर्दैँ नेकपा बहुमतमै भएको जानकारी गराएका हुन् ।