नेकपा बहुमतले भु-माफिया र मिटर ब्याजी बिरुद्ध संघर्ष गर्ने
कास्की, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले भु-माफिया र मिटरब्याजी बिरुद्ध संघर्ष गर्ने भएको छ । पार्टीको जिल्ला सम्मेलन आयोजक समितीको बुधवार पोखरामा बसेको दोस्रो बैठकले जिल्लामा रहेका भु-माफिया र मिटरब्याजी बिरुद्ध संघर्ष चलाउने निर्णय गरेको हो ।बैठकले गरेका निर्णय सार्वजनिक गर्नको लागी पार्टीका जिल्ला इन्चार्ज गोकुल पराजुली र संयोजक बर्दी अधिकारीद्धारा हस्ताक्षरित विहिबार जारी एक विज्ञप्तिमा भू- माफियाले षड्यन्त्रपुर्वक खोसेको किसानहरुको भूमि फिर्ताको लागि संघर्ष गर्ने लगायतका निर्णय गरेको हो ।
त्यस्तै भू-माफियाले अतिक्रम गरेको सरकारी र सामुदायिक जमिन, प्राकृति स्रोत र सम्पदाको संरक्षणको लागी संघर्ष गर्ने, वित्तिय तथा मिटर ब्याजिको उत्पिडन बिरुद्द संघर्ष गर्ने, एमसीसी लगायत सम्पुर्ण राष्ट्रघाति सम्झौता बिरुद्द संघर्ष गर्ने, बढ्दो महङ्गी तथा जनताको प्रत्यक्ष जनजीवीका संग जोडीएका बिषयमा संघर्ष गर्ने जस्ता निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्की जिल्ला संयोजक बद्री अधिकारीको अध्यक्षता बसेको बैठकले नवौं महाधिवेशन आयोजक समिती सद्स्य एवं गण्डक ब्युरो इन्चार्ज रुपेशको प्रमुख अतिथ्यता साथै जिल्ला इन्चार्ज गोकुल पराजुलीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।