कोहलपुर जेसिजद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान
कोहलपुर, स्थानीय तह निर्वाचन २०७९ मा कोहलपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरिएको छ ।कोहलपुर जेसिजले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शनिबार एक औपचारीक कार्यक्रमद्वारा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र १५ वटै वडा अध्यक्ष सहित सदस्यहरुलाई भव्य कार्यक्रम गरी स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै कोहलपुर जेसिज वर्ष २०२२ का अध्यक्ष इश्वर शर्माले पछिल्लो समय जेसिजले समाज रुपान्तरणको लागि सामाजिक कार्य गर्दै आएको बताए । कोहलपुर नगरपालिकाको जनप्रतिनिधिहरुले अब विकासको क्षेत्रमा अगाडी बढ्नुपर्ने र जनतालाई व्यक्त गरेको आफ्ना प्रतिबद्धताहरु पुरा गर्नुपर्ने कुरामा जोड दिनुपर्ने भन्दै उनले नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई १३ बुढे सल्लाह सुझाव समेत दिएका छन् ।
स्वागत कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले नगरवासिलाई हामिले व्यक्त गरेको प्रतिबद्धताहरु छिटै पूरा गर्ने र नगर विकासका लागि हामीले विभिन्न कार्यक्रमको योजना बनाएको र कोहलपुरलाई नमुना कोहलपुर बनाउनका निमित्त हामी निरन्तर काममा खटेको नवनिर्वाचित मेयर आचार्यले बताए ।