अनेरास्ववियृ क्रान्तिकारी पुर्नगठन, संयोजकमा मिलन राई
प्रकासित मिति : २०७९ जेष्ठ ११, बुधबार २२:३६
प्रकासित समय : २२:३६
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को संयोजकका मिलन राई चयन भएका छन् ।
अनेरास्ववियू (क्रान्तिकारी) को बुधबार देखी सुरु भएको केन्द्रीय समितीको विशेष बैठकले सङ्गठनको केन्द्रीय संयोजकमा मिलन राई, र सह-संयोजकमा बिरेन्द्र शाह र रुपा बुढामगरलाई सर्वसम्मत चयन गरेको हो ।
तत्कालीन पार्टी महासचिव विप्लव संसद्वादी संशोधनवादमा फसेको भन्दैँ उनलाई कारबाही गरेर धर्मेन्द्र बास्तोला ‘कन्चन’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पुनर्गठन भएको थियो ।
विद्यार्थी आन्दोलनमा बौद्धिक तथा इमानदार छवि बनाएका राई सङ्गठनमा तत्कालीन महासचिव समेत हुन् ।

