ट्रकको ठक्करबाट अटो चालकको मृत्यु हुदाँ कोहलपुर तनावग्रस्त
प्रकासित मिति : २०७९ जेष्ठ ११, बुधबार १५:४४
प्रकासित समय : १५:४४
कोहलपुर, बाँकेको कोहलपुर पिपलचौतारा नजिकै भारतीय नम्बर प्लेटको ट्रकले अटोलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त भएको छ ।नेपालगन्जबाट कोहलपुर तर्फ आउदै गरेको यूपी ३२ डीएन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिदा कोहलपुर १३ का अटो चालक रामसेबक थारुको मृत्यु भएको हो ।
मृर्तकका आफन्तद्वारा कोहलपुर नेपालगन्ज सडक खण्ड चक्काजाम गरी ईलाका प्रहरी कार्यलय कोहलपुरको गेट अगाडी नारा जुलुस दिएका छन । आफुले न्याय नपाए सम्म आन्दोलन जारी रहने पीडित परिवारले बयाएका छन् ।ए