पञ्चदेवल बिनायक नगरप्रमुखमा अम्बिका चलाउने बिजयी

अछाम, जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकि युवा नेतृ अम्बिका चलाउने बिजयी भएकी छन् ।

निवर्तमान नगर-उपप्रमुख तथा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशको सहमहामन्त्री समेत रहेकी चलाउनेले ३ हजार ६ सय ५३ मत प्राप्त गरेर जिल्लाकै पहिलो महिला नगर प्रमुखको रुपमा बिजयी भएकी हुन् ।

उनले आफ्ना निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार राम बहादुर बिकलाई ४ सय ८१ मतातन्तरले पराजित गर्दैँ प्रमुखमा बिजयी भएकी हुन् ।

माओवादी केन्द्र उम्मेदवार बिकले ३ हजार १ सय ७२ मत प्राप्त गरेका थिए । त्यस्तै नेकपा एमालेका नन्द बहादुर कडायतले २ हजार ६ सय ९७ मत प्राप्त गरेका छन् । साथै एकीकृत समाजबादीका योगेन्द्र बहादुर बिष्टले ६ सय ९२ मत र स्वतन्त्र उम्मेदवार टंक तिमिल्सैनाले १ सय ५४ प्राप्त गरेका छन् ।

त्यस्तै नगर उपप्रमुखमा नेपाली कांग्रेसका हर्क बहादुर रावलले ४ हजा १ सय ८८ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका रिता रावलले २ हजार ६ सय १८ मत प्राप्त गरिन् । साथै एमालेकी राजु सञज्यालले १ हजार २ मत र एकीकृत समाजवादीका कृष्णा जैसी न्यौपानेले ८ सय ७८ मत गरिन् ।