डुङ्गेश्वर २ को वडाध्यक्षमा कांग्रेसका बिष्ट निर्वाचित

दैलेख, जिल्लाको ढुङ्गेश्वर गाउँपालिका वडा न २ को वडाध्यक्षमा नेपाली कांग्रेसमा उम्मेदवार याम बहादुर बिष्ट निर्वाचित भएका छन् ।

कांग्रेसका युवा नेता समेत रहेका बिष्टले नेकपा एमालेका उम्मेदवार राजु कुमार केसीलाई २ सय २२ को फराकिलो मतान्तरले पराजित गर्दैँ वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी नेकपा माओवादी केन्द्र सहितको गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

निर्वाचित वडाध्यक्ष बिष्टले ८ सय ६० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान वडाध्यक्ष समेत रहेका नेकपा एमालेका राजु कुमार केसीले ६ सय ३८ मत ल्याएर उनिबाट पराजित भए ।

त्यस्तै खुला महिला सदस्यमा कांग्रेसकी पार्वती खत्री, दलित महिला सदस्यमा माओवादी केन्द्रकी बिष्णा बिक, खुला सदस्यमा कांग्रेसकै रमेश हिरोजक र खुला सदस्यमा एमालेका कर्ण बहादुर गुरुङ निर्वाचित भएका छन् ।

साबिकको लाकुरी गाबिस रहेको उक्त क्षेत्र बिसौ बर्ष देखी नेकपा एमालेको बलियो प्रभाव क्षेत्रको रुपमा रहेको थियो । तर यो पटकको निर्वाचनमा भने एउटा खुला सदस्य वाकेहका अन्य सबै पदमा एमालेले पराजए बेहोरेपछीको अवस्था कमजोर देखिएको छ ।