शिवालयको उपाध्यक्षमा २४ वर्षीया शाही निर्वाचित

जाजरकोट, जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी शाहीले नेकपा एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

निर्वाचित शाहीले २६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २४२९ मत पाइन् । विद्यार्थी राजनीतिबाट सक्रिय राजनीती सुरु गरेकी शाही हाल नेकपा माओवादी केन्द्र निकटको भातृ सङ्गठन अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।

बिस २०५४ साल कात्तिक ३० गते जन्मिएकी शाही जाजरकोटको शिवाल – ६ थालाकी स्थायी बासिन्दा हुन् । सानै उमेर देखी पढाई संगै राजनीती सुरु गरेकी उनले ईन्द्रज्योति माध्यामिक विद्यालय अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरेकी हुन् ।

अखिल क्रान्तिकारी इकाई अध्यक्ष, जाजरकोट जिल्ला सदस्य हुँदै कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेकी शाहीले १० कक्षा सम्मको पढाई इन्द्रज्योति माध्यामिक विद्यालयबाट पूरा गरेकी हुन् । भने कक्षा ११-१२ को पढाइ वीरेन्द्र सामुदायिक माध्यामिक विद्यालय जुङ्गाथापाचौरबाट र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट अर्थ र राजनिती शास्त्रमा स्नातक गरेकी छन् ।