बाँकेको खजुरा गाउँपालिकामा माओवादी केन्द्रका तुफान विजयी
नेपालगन्ज, बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार डम्वर बिक ‘तुफान’ विजयी भएका छन् ।नेपाली कांग्रेस सहित गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका तुफानले नेकपा एमालेका उम्मेदवार सुमन मल्ललाई पराजित गर्दै विजयी भएका हुन् ।
उनले १० हजार ७ सय ९० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्ले ९ हजार १ सय २६ मत ल्याएर उनी संग पराजित भए ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी मञ्जु मल्ल निर्वाचित भएकी छन । उनले नेकपा एमालेकी ताजरुन निशालाई पछी पार्दै विजयी भएकी हुन् ।
निर्वाचित उपाध्यक्षमा मल्लले १० हजार ३४ मत पाएर विजयी भइन् । भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ताजरुनले ८ हजार ९१ मत पाएर पराजित भइन्न।
त्यसैगरी, एकीकृत समाजबादीबाट अध्यक्षका उम्मेदवार होमनाथ सापकोटाले ७ सय ९८ र राप्रपाबाट अध्यक्षका उम्मेदवारले १ हजार १ सय ७६ मत पाएको निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।
यस अघी २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा पदमा नेकपा एमाले विजयी भएको थियो । ८ वटा वडा रहेको गाउँपालिकामा माओवादी केन्द्रले ५, कांग्रेसले २, र एमालेले १ वडामात्रै जितेको छ ।