जानकी गाउपालिका ३ को वडाध्यक्षमा जसपाका कुर्मी विजयी
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वडा न ३ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार कुर्मी विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार विन्देश्वरी वर्मा(कुर्मी) लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । उनलाई नेकपा माओवादी केन्द्रले सघाएको थियो ।
नव निर्वाचित वडाध्यक्ष कुर्मीले १ हजार ७२ मत ल्याएर विजयी हुदा हुनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विन्देश्वरी वर्मा(कुर्मी) ले ९ सय ३३ मत ल्याएर उनिसंग पराजित भए ।
बाबू उपनामले चिनिने कुर्मी २०७४ को स्थानीय तहको निर्वाचनमा राप्रपाबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यति वेला उनलाई नेपाली कांग्रेसका बिन्देश्वरि बर्माले ३५ मतान्तरले पराजित गरेका थिए । यो पटकको निर्वाचनमा भने तिनै निवर्तमान वडाध्यक्ष समेत रहेका बर्मालाई १३९ मतान्तरका साथ पराजित गरिदिएका छन् ।
त्यस्तै नेकपा एमालेका तुलसी राम शुक्लाले ५ सय ८६, राप्रपा(हलो)का नन्काउ यादवले ४ सय ४०, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(साइकल) ललिव खा पठानले २ सय ९ र जनमत पार्टीका राजित राम वर्माले १ सय २७ मत प्राप्त गरेका थिए ।