कमलबजार ५ को वडाध्यक्षमा सत्यराज टिमिल्सैना विजयी

अछाम, जिल्लाको कमलबजार नगरपालिका वडा न ५ को अध्यक्षमा सत्यराज टिमिल्सैना विजयी भएका छन् ।

नेकपा एमालेबाट उम्मेदवारी दिएका टिमिल्सैनाले नेपाली कांग्रेसका उम्मेदवार केशव टिमिल्सैनालाई १४६ मतान्तरमा आफ्नो पुरैँ प्यानल सहित विजयी भएका हुन् ।

निर्वाचित टिमिल्सैनाले ५ सय २ मत प्राप्त गर्दा उनका निकटतम प्रतिदन्दी मानिएका नेपाली कांग्रेसका उम्मेदवार केशव टिमिल्सैनाले ३ सय ५९ मत प्राप्त गरेर उनिबाट पराजित भए । त्यस्तै एकिकृत समाजवादीका उम्मेदवार इन्द्र बिकले २८ मत प्राप्त गरेका छन् ।

त्यस्तै निर्वाचित महिला सदस्यमा लिलावती बिष्ट, दलित महिला सदस्यमा मुना सुनार, खुला वडासदस्यमा रतन भुल, दुर्गा प्रशाद टिमिल्सैना निर्वाचित भएका छन् ।