हुम्लाको सिमकोटमा माओवादी केन्द्रका भण्डारी विजयी

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध) निर्वाचित भएका छन् ।

विजय र उनका प्रतिस्पर्धी महेन्द्रबहादुर

भण्डारी ९१३ मतान्तरले विजयी भएका छन् । उनले २८८२ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले १९६९ मत पाए ।

विजय भण्डारी र महेन्द्रबहादुर शाही जनयुद्धका सहयात्रीसमेत हुन । शाही स्थानीय तह निर्वाचनअघि मात्रै एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए ।

यस्तै, गाउँपालिका उपाध्यक्ष कांग्रेसकी सुशीला रोकाया विजयी भएकी छन् । उनले २४७४ मत ल्याइन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेकी प्रतीमा लामाले १४५७ मत ल्याएकी छन् ।