नेपालगन्ज ४ को वडाध्यक्षमा माओवादीका गोपाल पुन बिजयी
प्रकासित मिति : २०७९ जेष्ठ ३, मंगलवार २२:३६
प्रकासित समय : २२:३६
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गोपाल पुन बिजयी भएका छन ।
अघिल्लो स्थानीय चुनावमा राप्रपाले जितेको उक्त वडामा माओवादी केन्द्रले जितेको हो । अघिल्लो निर्वाचनमा हार ब्यहोरेका पुन दोस्रो प्रयसामा बिजयी भएका हुन । हार पश्चात् उनी निरन्तर जनताको सुखदुःखमा साथ दिएका पुनलाई पार्टीको कटिबद्ध मत भन्दा पनि थप मत मिलेको स्थानीय बताउँछन्।
उनलाई त्यहाका जनताले विकास गर्न सक्ने व्यक्तिका रुपमा हेरेर मत दिएको प्रतिक्रिया दिएका छन् ।