बाँकेको राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल विजयी
बाँके, राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पटटु थारुलाई ८२० मतान्तरले पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
गाउँपालिकाको अध्यक्षका लागि कुल खसेको मत ३२९६६ मा पौडेलले १०११२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी माओवादीका थारुले ९२९२ मत प्राप्त गरे भने नेकपा एमालेका रामदास थारुले ९१४० मत प्राप्त गरेका छन् ।
साथै गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेकी चमेली वागवानलाई ७८६ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । नवनिर्वाचित थारुले १०१३४ मत र उनकी निकटम प्रतिद्वन्द्वी वागवानले ९३४१ मत प्राप्त गरिन् । त्यस्तै नेकपा माओवादीकी मन्जु रोकायले ८७९३ मत ल्याएकी हुन् ।
यसपटक राप्तीसोनारीमा कांग्रेसले एउटा पनि वडा जित्न सकेन । राप्तीसोनारीको गाउँपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ मा नेकपा एमालेका वडा अध्यक्ष निर्वाचित भएका छन । वडा नम्बर ४, ५ र ७ मा माओवादी र वडा नम्बर ६ मा भने राप्रपाका वडा अध्यक्ष निर्वाचित भए ।
वडा न १ मा एमालेका यम बहादुर खड्का, वडा न २ र ३ मा क्रमश एमालेकै ज्ञानेन्द्रराज वली र मीन कुमार चौधरी निर्वाचित भएका छन । साथै वडा न ८ र ९ मा एमालेकै सालिकराम डाँगी र सोहनलाल थारु निर्वाचित भएका छन् ।
त्यस्तै वडा न ४, ५ र ७ मा क्रमश नेकपा माओवादीका मीन प्रसाद खड्का, झगरु थारु र रामलखन थारु निर्वाचित भएका छन् । साथै वडा न ६ मा भने राप्रपाका लवराज खरेल निर्वाचित भएका छन् ।