ढुङ्गेश्वर गाउँपालिका ३ को वडाध्यक्षमा एमालेका कृष्ण खत्री विजयी
प्रकासित मिति : २०७९ जेष्ठ ३, मंगलवार १३:३०
प्रकासित समय : १३:३०
दैलेख, ढुङ्गेश्वर गाउँपालिका वडा नं. ३ को वडाध्यक्षमा नेकपा एमालेका कृष्ण खत्री विजय भएका छन् ।कांग्रेसको अखडाको रुपमा चिनिएको उक्त स्थानबाट नेकपा एमालेबाट उम्मेदवार बनेका खत्रीको पुरै प्यानल बिजय भएको हो ।
उनले नेपाली कांग्रेसका उम्मेदवार उदयराम न्यौपानेलाई ११९ को मतान्तरमा पराजित गरेका हुन् ।
निर्वाचित वडाध्यक्ष खत्रिले ५४९ मत ल्याउदा उनका प्रतिद्धन्दी कांगेसका न्यौपानेले ४३० मत प्राप्त गरेर पराजित भएका हुन् । उनी यस अघिका वडाध्यक्ष समेत हुन् ।
त्यस्तै महिला सदस्यमा सपना केसी, दलित महिला सदस्यमा कमला बिक, खुला सदस्यमा कर्ण बहादुर रावल र नारायण बुढामगर निर्वाचित भएका हुन् ।