डोल्पाको मुड्केचुलामा माओवादीका शाही विजयी
प्रकासित मिति : २०७९ जेष्ठ २, सोमबार ०८:३१
प्रकासित समय : ०८:३१
काठमाडाैँ, डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दत्त बहादुर शाही विजयी भएको छन । माओवादी केन्द्रका दत्त बहादुर शाही एक हजार ४०३ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लंक बहादुर रोकायाले एक हजार ३६७ पाएका थिए । उपाध्यक्षमा पनि माओवादीकै दुदा रोकाया एक हजार ४५८ मतसहित विजयी भएकी छिन् ।
एमालेकी सविता कुमारी रोकायाले एक हजार २९८ मत मात्र पाइन् । वडामा १, २,३,४,५,,७, ८, ९ मा माओवादीले जितेको छ भने एमालेले वडा ६ मा मात्र जितेको छ ।